नियम १४
रजिस्ट्रारको अधिकार
यस नियमावलीमा अन्यत्र उल्लेख भएको काम, कर्तव्य र अधिकारका अतिरिक्त रजिस्ट्रारको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ:-
ष्् । (क) प्रचलित कानूनबमोजिम दर्ता गर्नुपर्ने फिरादपत्र, उजुरी, पुनरावेदनपत्र, निवेदनपत्र इत्यादि जाँची दर्ता गर्ने र दर्ता गर्न नमिल्ने भए दरपीठ गरी फिर्ता गर्ने,
(क१) मुद्दाको मार्गसमूह निर्धारणर परिवर्तन तथा कार्यतालिका निर्माण, प्रमाणीकरण, परिमार्जन, अनुगमन लगायत फरक मुद्दा व्यवस्थापनको कार्यान्वयनका सम्बन्धमा अन्य आवश्यक काम कारबाही गर्ने गराउने,
फ'(क२) अदालतको साप्ताहिक पेसी सूची तयार गरी प्रकाशन गर्ने र दैनिक पेसी सूची तयार गरी गोला प्रक्रियाको प्रयोजनको लागि न्यायाधीशहरूसमक्ष पेस गर्ने,
(ख) मुद्दामा पेस भएका लिखतहरू जाँची कानून बमोजिम प्रमाणित गर्ने,
-(ग) मुद्दाका पक्ष र साक्षीहरूलाई समाह्वान, इतलायनामा, म्याद, सूचना वा आदेश बमोजिमको पक्राउ पूर्जी जारी गर्ने, तामेल भई आएको म्याद वा सूचना रीतपूर्वकको भए नभएको जाँची बेरीतको देखिए बदर गरी पुन रीतपूर्वक तामेल गराउने,
(घ) अदालतको कार्यबोझको विचार गरी मुद्दा मामिलामा कानून बमोजिम तारिख तोक्न लगाउने,
(ङ) नियम ५८ को उपनियम (२) अन्तर्गत परेको निवेदनमा कानून बमोजिम निकासा दिने,
(च) फाँटगत रुपमा तारिख किताब खडा गरी त्यसमा जनाउनु पर्ने कुरा उल्लेख गरी तारिख तोक्न लगाउने,
(छ) आफ्नो अधिकामक्षेत्रभित्र पर्ने कुनै निवेदनपत्र वा विषयसँग सम्बन्धित कुनै व्यक्तिलाई उपस्थित गराउने वा कुनै लिखत पेस गर्न लगाउने,
[।
७ । (ज) तल्लो अड्डा वा अदालतबाट प्रमाण लगाइएको मिसिल कागजहरू मिसिलमा संलग्न छ वा छैन हेरी वा हेर्न लगाई संलग्न नभए सम्बन्धित अदालतबाट झिकाई संलग्न गराउने,
(झ) म्याद तारिख थामिपाउँ वा -मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा २३० बमोजिम सम्पत्तिको आयस्ता रोक्का गरिपाउँ भनी मुद्वाको कुनै पक्षको निवेदनपत्र परेमा कानून बमोजिम आदेश दिने,
७(ज) मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा १५६ को उपदफा (१), मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९२ बमोजिम अन्तरकालिन आदेश जारी गरिपाउँ भन्ने निवेदनउपर कानूनबमोजिम निकासा दिने,
(ट) मुद्दा मुलतबी राखिपाउँ वा मुलतबी जगाई पाउँ भन्ने माग गरी पर्न आएको निवेदनपत्र सम्बन्धित इजलाससमक्ष पेस गर्ने,
(ठ) कानून बमोजिम वारिस लिने, मुद्दा सकार गराउने र तत्सम्बन्धी अन्य अधिकार प्रयोग गर्ने,
(ड) कानून बमोजिम धरौट वा जमानत लिने,
(ढ) कानून बमोजिम लिनुपर्ने कोर्ट फी वा अन्य दस्तुर लिने वा लिन लगाउने,
(ण) सर्वोच्च अदालतमा साधक जाहेर गर्ने निर्णय भएको वा सर्वोच्च अदालतमा पुनरावेदन परेको मुद्दाको मिसिल र प्रमाणको मिसिल सर्वोच्च अदालतमा पठाउने,
(त) सर्बोच्च अदालत वा अन्य अड्डा अदालतबाट मिसिल वा कुनै लिखतको माग भएकामा सम्बन्धित मिसिल, प्रमाण मिसिल वा लिखत सर्वोच्च अदालत वा अन्य अड्डा अदालतमा पठाउने वा पठाउन लगाउने,
(थ) अदालतमा बुझाउनु पर्ने जरिबाना वा दस्तुर बुझाउन बाँकी भएको वा फैसला बमोजिम कैद भएकोमा कैदमा नबसेको वा कानून बमोजिम सो बापत धरौट वा जमानत नदिएको व्यक्तिलाई सबै वा कुनै लिखतको सक्कल बा नक्कल दिन उपयुक्त नसम्झेमा सो अनुसार आदेश दिने,
(द) अदालतमा भएको कुनै मिसिल वा लिखतको निरीक्षण गर्न दिने,
(ध) लिखतको नक्कल दिने,
(न) कानून व्यवसायीको वकालतनामा लिने,
(प) इजलासबाट भएको आदेश बमोजिमको काम कारबाही चाँडो कार्यान्वयन गर्ने र गर्न लगाउने,
(फ) अदालतमा भएका मिसिल वा स्रेस्ताहरूसँग सम्बन्धित विषयमा लेखापढी गर्ने,
(ब) महिनामा दुईपटक अदालतका विभिन्न शाखाका प्रमुखहरू र इजलास अधिकृतहरूलाई सामेल गराई बैठक गर्ने र भए गरिएका काम कारबाही र देखा परेका कठिनाइहरूको समीक्षा गरी समाधान पत्ता लगाई त्यसको अभिलेख राख्ने,
(भ) अदालतमा सूचना प्रविधिको प्रयोग सम्बन्धमा आवश्यक कार्य गर्ने गराउने,
७(म) मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ५ ५४ र ९१ अन्तर्गत परेका अनुमति सम्बन्धी निबेदन तथा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १३७ अन्तर्गत परेका निवेदनपत्रहरूमा आवश्यक निकासा दिने,
(य) आफ्नो अदालतमा कार्यरत कर्मचारीहरूको व्यवस्थापन र काम कारबाहीको अनुगमन गरी उचित निर्देशन दिने।
तर उच्च अदालतको रजिस्ट्रारले आपू) कार्यरत उच्च अदालत, त्यस्तो अदालतको अर्को इजलास वा अस्थायी इजलास र मातहत जिल्ला अदालतका राजपत्र अनङ्कित कर्मचारीहरुको कानून बमोजिम काज, सरुवा तथा विभागीय क । कारबाही गर्ने वा विभागीय कारबाहीको लागि सिफारिस गर्न सक्नेछ।